भरतपुरको विकासमा आम नगरवासीले प्रशंसासँगै ध्यानाकर्षण र सुझाव दिएका छन् । महानगरको आर्थिक बर्ष २०८१÷८२ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाईमा सहभागी अधिकाशं महानगरवासीले विकासको मोडलमा भरतपुरले देखाएको फड्कोको प्रशंसासगैँ ध्यानाकर्षण र सुझावमा जोड दिएका हुन् ।