
भरतपुर, भदौ १ । कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न ! भरतपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।
भरतपुरको विकासमा आम नगरवासीले प्रशंसासँगै ध्यानाकर्षण र सुझाव दिएका छन् । महानगरको आर्थिक बर्ष २०८१÷८२ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाईमा सहभागी अधिकाशं महानगरवासीले विकासको मोडलमा भरतपुरले देखाएको फड्कोको प्रशंसासगैँ ध्यानाकर्षण र सुझावमा जोड दिएका हुन् ।
भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो ।
भरतपुर महानगरपालिकामा डेङ्गी रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम तथा लामखुट्टे लार्भा खोज र नष्ट अभियान सुरु गरिएको छ। बुधबार एक औपचारिक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले अभियानको उद्घाटन गर्नुभयो।
भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने जोडी एक–एक लाख रुपैयाँले सम्मानित गरेको हो।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रज्ञाका उपकुलपति ईन्द्रप्रसाद रेग्मी, शिक्षा महाशाखा प्रमुख सुवाषचन्द्र आचार्यले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
भरतपुर महानगरपालिकाले मागमा आधारित सीपमूलक तालिममा सहभागी ७ सय ७९ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । बिहीबार एक कार्यक्रमका बीच महानगरले विभिन्न सीप क्षेत्रमा तालिम लिएका प्रशिक्षार्थीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरेको हो ।