Logo

ताजा अपडेट

राष्ट्रिय गान
images

भरतपुर मेट्रो न्युज

images

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

बिहीबार २९ जेठ २०८२ ०६:०३ PM

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा गरिएको छ । यसअघि पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले बिहीबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो ।

images

भरतपुरको वडा नम्बर १७ बालमैत्री वडा घोषणा

शुक्रबार​ २३ जेठ २०८२ ११:३९ AM

भरतपुर वडा नम्बर १७ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार वडा कार्यालय परिसरमा एक भव्य कार्यक्रमका बीच वडालाई महानगरको १० औँ बालर्मैत्रीको रुपमा घोषणा गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र  प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले  १७ नम्बर वडालाई संयुक्त रुपमा बालमैत्री वडा घोषणा गर्नुभएको थियो ।

images

भरतपुर महानगरद्धाराताराखोला गाँउपालिकासहित देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम

सोमबार १९ जेठ २०८२ १०:११ PM

भरतपुर महानगरपालिका प्रम्ुख रेनु दाहालले देशका धेरै पालिकाबाट भगिनी अर्थात् मेतेरी सम्बन्धको लागि प्रस्ताव आए उल्लेख गर्नुभयो । प्रस्तावहरु क्रमश ः कार्यापालिकाबाट पारित गरी भगिनी सम्बन्धहरु कायम गर्ने कार्यलाई अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

images

भरतपुरको वडा नम्बर १५ बालमैत्री वडा घोषणा

सोमबार १२ जेठ २०८२ १०:०८ PM

भरतपुर वडा नम्बर १५ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालय परिसरमा एक भव्य कार्यक्रमका बीच वडालाई महानगरको ९ औँ बालर्मैत्रीको रुपमा घोषणा गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले १५ नम्बर वडालाई संयुक्त रुपमा बालमैत्री वडा घोषणा गर्नुभएको थियो । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको दुई वर्षभित्र महानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने गरी अघि बढ्न सामाजिक महाशाखालाई आग्रह गर्नुभयो ।

images

भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा

मंगलबार ६ जेठ २०८२ ०१:२५ PM

भरतपुर वडा नम्बर २४ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा घोषणा गर्नुभयो ।

images

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

बुधबार ३१ वैशाख २०८२ ०१:१८ PM

डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले सोमबार भगिनी सम्बन्ध कायम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

images

भरतपुरका ४ सय युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु

सोमबार २२ वैशाख २०८२ ०१:२१ PM

भरतपुरका युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु भएको छ । एक कार्यक्रमका बीच भरतपुर महागनर प्रमुख रेनु दाहालले तालिमको उद्घाटन गर्नुभयो ।

images

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको मेयर दाहालद्धारा शिलान्यास

शनिबार १९ असोज २०८१ ११:०५ AM

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । भवनको बोर्डका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो ।